एकीकृत नेकपा समाजवादीको स्थायी कमिटी बैठक २१ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, काठमाडौं । एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार २१ गते ११ बजे बस्नेगरी बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस